खोलाले बगाएर ११ वर्षीया बालिकाको मृत्यु, ७ पर्षीय छोरा बेपता

Avatar photo
Dhadingpost
साउन २३, २०७५

विराटनगर, साउन २३ । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर ११ वर्षीया बालिकाको मृत्यु भएको छ भने ७ पर्षीय छोरा बेपता भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा बगाएर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएका प्रहरी र स्थानीयवासी मिलेर खोजबिनका क्रममा साँझ ५ बजे बालिकाको शव फेला पारेको छ भने बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।