मकाउमा नेपालीकाे बहादुरीकाे प्रशंषा

Avatar photo
Dhadingpost
साउन २२, २०७५

मकाउ साउन २२ । विभिन्न देशहरुमा नेपाली नागरिकहरुले अार्जेकाे वीर गाेर्खालिकाे राखि रहेका छन् छन्  ।

यसै क्रममा  राम बाहादुर के सि ( प्रिन्स ) आफ्नो रातको डिउटी डाईनेस्टी तर्फ जाने क्रम मा सन्मालो बाट आफ्नो गन्तब्य तिर प्रस्थान हुदै गर्दा २ जना बुढी आईमाई हरू चिच्याई चिच्याई चोर चोर ( thief thief ) बचाउ बचाउ भनि चिच्याई रहेको आवाज उनको कानमा पर्यो र एक जना मानिस लेडिज ब्याग चेपेर दौडि रहेको उनको नजरमा पर्यो ।
उक्त  दृश्यले मलाई  असह्य भयो मैले आफ्नो ज्यानको कुनै प्रबाह नगरी त्यसलाई समाएर सामान फिर्ता गर्नेे साेे  गरें  र  सफल पनि सफल भए  रामबहादुर ले भनेे ।

घटना यस्ताे थियाे :

उनी चाेरकाे पछा लागे चाेरलाइ समाय चोर ले ब्याग फालि दिएर २-३ मिनेट जति २ जना बिच लड़ाई भयो ।,

चोरको केही नलागे पछि आफ्नो जेब बाट छुरि निकालेर राम बाहादुरको बायाँ पाखुरा र बायाँ कोखमा प्रहार गर्यो यसरी कोखमा लाग्न गई रगताम्य असक्त घाईते भएर पनि उनि के मर्छु कि मार्छु भनि पछि लाग्न छाडेन तर चोर दौडियर कार पार्क तिर पस्यो ।

अण्डर ग्राऊण्ड केही अध्यारो भएको कारण नपछ्याई उ प्रहरी समक्ष रिपोर्ट गर्न गयो र राम बाहादुर के सिले रिपोर्ट गरे पछि प्रहरीले उपचार कक्षमा पुराई सघन ऊपचार गरायो ।
अहिले प्रहरीले दिएको जानकारी अनुसार सि सि क्यामरा को फुटेज हेरि चोर लाई पनि समाउन सफल भएको छ । चोर गैर कानुनि तरीकाबाट मकाउ छिरेको पुष्टी भएको छ । एउटा नेपाली ले गर्दा यस्ता ईलिगल चोर समाउन मकाउ प्रहरी सफल भएको छ ।
दुई (२ ) जना महिलाहरूले पनि आफुलाई भएको घटनाको यथार्थ जानकारी प्रहरी समक्ष गराए ।

उपचार मा लागेको खर्च रामको बाहादुरीको प्रसंसा गर्दै एऊटा सेक्यूरिटीको ज़िम्मेवार पुरा गरेको भन्दै सबै म्यानेजमेन्ट कम्पनी ले खर्च गरिदियाे । साथै १५ दिनको आराम गर्ने ब्याबस्था पनि कम्पनी बाट भयाे ।
राम बाहादुर के सि मकाउ म्यानेजमेन्ट कम्पनी मा कार्यरत एक कर्त्ब्य निष्ट ब्याक्ति हुन भने मकाउ बडिविल्डिङ एसोसियसन नेपाल मकाउ को टेक्निसियन संयाेेेजक भएकाेे प्रजुुन अधिकारिले बताए ।

मकाउमा प्रकाशित समाचार