भदौको पहिलो साताभित्र केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एक हुन्छः अध्यक्ष प्रचण्ड

Avatar photo
Dhadingpost
साउन २२, २०७५

काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक भइसक्ने बताएका छन् ।

प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ ।’ उनले न्यायालयको नेतृत्व खाली नहुने बताउँँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाइ नै मुख्य कुरा भएको बताए । ‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले हो ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले २५ गतेसम्म तलबाट सुझाब मागेको र सोही सुझाबका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताए ।