डा. गोविन्द केसीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको तयारी गर्दै

Avatar photo
Dhadingpost
साउन २२, २०७५

काठमाडौ, साउन २२ । डा. केसीको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज दिउँसो २ बजे डिस्चार्स गर्ने लागेको डा. जीवन क्षेत्रीले बताएका छन् ।

२७ दिन लामो सत्याग्रहका कारण शरीरमा आएका विभिन्न समस्याहरूको उपचार गर्न आइसियुमा राखिएको थियो । विशेषगरी रगतमा पोटासियमको मात्रामा भएको गढबढी, रक्तचापमा आइरहने व्यापक फेरबदल र सेतो रक्तकोषिकाको संख्या न्यून भएका कारण चिकित्सकको सल्लाहबमोजिम डा। केसीलाई आइसियुमा राखिएको थियो ।

जुम्लास्थित कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पुगेर असार १६ गतेदेखि अनशन सुरु गर्ने लागेका डा. केसीलाई निषेधित क्षेत्रमा धर्ना बस्न नपाइने भन्दै त्यहाँबाट अपहरण शैलीमा प्रहरीले जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा ल्याएर राखेका थिए ।

केही दिनको अनशनपश्चात् डा. केसीलाई टाउको दुख्ने, मुटुको चाल बढ्ने, हातखुट्टा सुन्निने, घाँटी दुख्ने र रगतमा रक्तकोषिकाको मात्रा घट्नेजस्ता समस्या देखा परेको थियो ।

डा. केसीको बिग्रँदो स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै सरकारले अनशन बसेको २०औँ दिनमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याएको थियो । उनलाई ल्याउने त्रmममा डाक्टर र विद्यार्थीलाई प्रहरीले अस्पतालभित्र लाठी चार्ज, अश्रुग्यास प्रहरदेखि गोली पनि चलाएको थियो । डा. केसीलाई बल प्रयोग गरेर हलिकोप्टरमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको थियो ।

सम्झौता भएको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद् बैठकबाट सो सम्झौता अनुमोदन गरेको छैन । यसै सन्दर्भमा लिएर आज दिउँसो ३ बजे डा. गोविन्द केसीले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।