सिङ्गापुर उड्नुअघि देउवाले कार्यसमिति बैठक बोलाए

Avatar photo
Dhadingpost
साउन २२, २०७५

काठमाडौं, साउन २२ । सिङ्गापुर उड्नुअघि काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

आज दिउँसो तीनबजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा न्यायापालिकामाथि सरकारले गरेको हस्तक्षेपका बारेमा छलफल हुने काँग्रेस सहमाहमन्त्री डा. प्रकाशसरण महतले बताए । काँग्रेसले प्रधानन्यााधीशका लागि सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकार गरेको विषयलाई सरकारले न्यायलयमाथि सरकारको हस्तक्षेप भन्दै आएको छ ।

यसबारे संसदमा सशक्त आवाज उठाउने यसअघि नै निर्णय गरेको काँग्रेसले अरु थप योजना बनाउने बारेमा समेत छलफल गर्ने बताइएको छ ।