काठमाडौ, साउन २१ । काठमाडौंको काडाँघारीबाट आइतवार सांझवाट अराइरहेका ११ वर्षीय निशान खड्काको अपहरण भएको छ।
बालको खोजिका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल सहित एक सय जनाको टोली परिचालन गरिएको छ ।
सिन्धुपाल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशानको अपरहण भएको प्रहरीले जनाएको छ। उनको खोजिका लागि प्रहरी परिचालन गरीएको छ । आइतवार साँझ बालक अपहरण गरेका अपहरणकारीले सोमबार बालकको परिवारसँग फिरौती रकम मागेका छन्।
बालकलाई अपहरण गरेको भन्दै चालिस लाख रुपैयाँ फिरौती रकम माग गरेर बालका परिवारलाई फोन गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानवाट खुलेको जनाएको छ ।
