कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीको निधन

Avatar photo
Dhadingpost
साउन २०, २०७५

काठमाडौं, साउन २० । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको स्याङ्जा बयरघारीस्थित आफ्नै निवासमा निधन भएको छ ।

गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरा, एक छोरी छन् ।

स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक स्रोतले बतायो ।