कांग्रेसले पार्टी जोगाउन घृणाको खेती गर्योः प्रधानमन्त्री ओली

Avatar photo
Dhadingpost
साउन १८, २०७५

काठमाडौं, साउन १८ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बुहमत प्राप्त सरकारले राम्रा कार्ययोजनाहरु ल्याएको देखेर प्रमुख प्रतिपक्ष कांग्रेसले पार्टी जोगाउन घृणाको खेती गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तुल्सीलाल आमात्यको २१ औं स्मृति दिवसका अवसरमा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा लागेको सरकारलाई प्रतिपक्षको आन्दोलनले कुनै प्रभाव पार्न नसक्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी भदौ ५ गतेभित्र पार्टीको सबै तहको एकीकरण सम्पन्न गरिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको बहुमतको सरकारलाई प्रतिक्रियावादीहरुले घेराबन्दीमा पार्न खोजे पनि सफल नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेसम्मको उपलब्धिलाई सुदृढ बनाउँदै जनतामा पुर्याउन नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि भइरहेको संसदीय सुनाइका सन्दर्भमा प्रधानमन्त्री ओलीले संसदीय सुनुवाई समितिले जनताको उजुरी उपर सुनुवाई गर्दा किन सोधेको भनेर प्रश्न गर्नु प्रतिपक्षको अलोकतान्त्रिक अभ्यास भएको बताउनुभयो ।