पहिरोको कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद

Avatar photo
Dhadingpost
साउन १७, २०७५

चितवन, साउन १७ । सडकखण्डको घुमाउने भन्ने ठाउँमा बिहीबार बिहान तीन बजेतिर पहिरोको कारण नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडकखण्डको घुमाउने भन्ने ठाउँमा बिहीबार बिहान तीन बजेतिर पहिरो गएकाले बाटो अवरुद्ध भएको नारायणगढ– मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले जानकारी दिएका छन् ।

लगातार पानी परेको तथा पहिरो झर्ने क्रम नरोकिएकाले बिहान ६ बजेपछि मात्रै पहिरो हटाउने काम सुरु भएको उनले जानकारी दिए । अहिले पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ । चाँडै नै बाटो खुलाइने उनले बताए ।