१२ को को नतिजा सार्वजनिक

Avatar photo
Dhadingpost
साउन १७, २०७५

भक्तपुर, साउन १७ । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले ग्रेडिङ्ग प्रणालीमा नतिजा सार्वजनिक गरेको हो ।

कक्षा १२ को नतिजा ग्रेडिङ्ग प्रणालीमा प्रकाशित भएको यो पहिलो पटक हो ।

बोर्डले बिहीबार सार्वजनिक गरेको नियमिततर्फ ३.६१ देखि ४ सम्म जिपिए ल्याउने ११ हजार १६९ जना तथा ३.२१ देखि ३।६० सम्म जिपिए ल्याउने ११ हजार २२१ जना छन् ।

यस्तै २.०१ देखि २.८० सम्म जिपिए ल्याउने ५८ हजार ३४५ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ९० हजार २९९ जना र १.६१ देखि २ सम्म जिपिए ल्याउने ६६ हजार ४३८ जना रहेका छन्।

त्यो भन्दा कम १.२१ देखि १.६० जिपिए ल्याउने २२ हजार ७३४ जना तथा ०.८१ देखि १.२० जिपिए ल्याउने ४ हजार ४८८ जना र ० देखि ०.८० जिपिए ल्याउने परीक्षार्थीको संख्या १९९ रहेको छ ।

आंशिकतर्फ ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । गएको वैशाखमा लिइएको सबै विषयको १२ कक्षाको परीक्षामा नियमित तर्फ २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सहभागी थिए ।

यसैगरी नेपाल टेलिकमको नम्बर १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आइभिआर सेवा अन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।