माछा मार्ने क्रममा नदिमा डुबेर मृत्यु

Avatar photo
Dhadingpost
साउन १४, २०७५

चितवन, साउन १४ । चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका ६३ वर्षीय बमबहादुर बलको माछा मार्ने क्रममा नदिमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार साँझ माछा मार्ने क्रममा एक्कासि नदीको भंगालोमा खसेर बलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।