काठमाडौँ, साउन १४ । काभ्रेको तेमाल गाउँपालिका १ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ ।
सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गर्नुभएकै दिन काभ्रेमा बालिकाको बलात्कारपछि हत्या भएको घटना बाहिर आएको हो ।
कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका निर्मला पन्तका हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ सो घटनाको बारेमा जानकारी दिन रूलिङ गर्नुभएको थियो ।
काभ्रेको तेमाल गाउँपालिका–१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ । असार २० गतेको राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो ।
फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिनुभयो । बारा बारागढी गाउँपालिका–६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन् ।
