वामदेवको लागि सांसदबाट राजीनामा

Avatar photo
Dhadingpost
साउन १४, २०७५

काठमाडौं, साउन १४ । आफ्नै गृहजिल्ला बर्दिया–१ मा करीब सातसय मतान्तरले पराजित भएपछि गौतम तनाबमा छन् । उनी आफै पनि संसदमा आउन चाहिरको छ ।

त्यहाँबाट निर्वाचित हुने अपेक्षा राखे त्यहाँ पनि कुरा नमिलेपछि उनी डोल्पा पुगेका हुन् ।

गौतमलाई संसदमा ल्याउन डोल्पाका सांसद धनबहादुर बुढाले स्वेच्छाले राजीनामा दिने तयारी गरेका छन् । तर, नेता गौतम भने त्योभन्दा पहिला अरु जिल्लाबाट निर्वाचनमा उठ्न चाहन्थे । नेकपा स्रोतका अनुसार सुरुमा वामदेवको इच्छा ललितपुर १ थियो । ललितपुर १ बाट निर्वाचन नवराज सिलवाललाई अदालतले नै कारबाही गर्ने भएपछि उक्त क्षेत्र रिक्त हुने थियो । तर, नवराज सिलवालको मुद्दा झिसमिस भएपछि त्यो प्रक्रिया रोकियो । केपी ओली सरकार बनेपछि सांसद सिलवाल प्रकरण हरायो । त्यसपछि गौतमले पूर्वी रुकुमबाट निर्वाचनमा उठ्ने इच्छा गरेका थिए ।