धादिङका माेहन कार्की पक्राउ

Avatar photo
Dhadingpost
साउन १२, २०७५

धादिङ साउन १२ । धादिङका जनयुद्धका संस्थापक नेता हाल नेकपा का नेता माेहन कार्कीलाई प्रहरीले पक्राउ गरी वेपत्ता बनाएको छ ।

नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरि वेपत्ता बनाएकाे हो ।

सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर लगेको थियो । त्यसपछि उनीहरुलाई कहाँ लगियो भन्ने कुनै जानकारी दिइएको छैन । प्रहरीले दुबै नेताका घरपरिवारका सदस्यलाई समेत कुनै जानकारी दिएको छैन ।

धादिङबेसि स्थित सिरानबजार घरभयका कार्किलाइ प्रहरीले पक्राउगरि वेपत्ता वनाएकाे भन्दै परिवारले उनीहरुलार्इ खाेजि गरिदिन मानव अधिकार अायाेगसहितका अधिकारकर्मी, पत्रकार र नागरिक समाजलार्इ अाग्रह गरेका छन् ।