आन्दोलनमा उत्रिएको चिकित्सक र प्रहरीबीच झडप

Avatar photo
Dhadingpost
साउन १०, २०७५

काठमाडौं, साउन १० । डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप हँदा प्रहरीले ३० भन्दा बढी स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट निस्किएको चिकित्कको जुलुस प्रधानमन्त्री निवास बालुटारतर्फ जान खोजेपछि झडप भएको हो । केहि चिकित्सकलाई प्रहरीले गिराफ्तार समेत गरेको छ । चिकित्सकहरुले डा. केसीको माग पूरा गर भन्दै सरकार विरुद्ध चर्को नारा लगाएका थिए । अहिलो सो क्षेत्रमा सवारी आवागमन रोकिएको छ ।