नेपाल प्रहरी पोष्ट र होटल पुरिँदा चारको मृत्यु

Avatar photo
Dhadingpost
साउन १०, २०७५

रसुवा, साउन १० । पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे प्रवेशद्वारमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट र होटल पुरिँदा चार जनाको ज्यानको ज्यन गएको छ ।

ज्यान गुमाउनेमा भोटेकोसी गाउँपालिका सिन्धुपाल्चोकका श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगल तामाङ र सुस खड्का रहेका छन् । मृत्यु हुने सबै सवारी चालक रहेको तामाङले बताए ।

रसुवाका प्रहरी प्रमुख डिएसपी सन्तोष तामाङका अनुसार पहिरोमा परि घाइते १२ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हराइरहेका यात्रुहरु होटलमा बसेका ड्राइभर र स्थानीय रहेको बताइएको छ ।