मंगल ग्रहमा ताल भेटियो

Avatar photo
Dhadingpost
साउन १०, २०७५

काठमाडौं, साउन १० । अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा भेटिएको पानी दक्षिणी ध्रुवीय निकै चिसो क्षेत्रमा एउटा तालको रूपमा फेला पारेको छ जुन २० किलोमिटर क्षेत्रमा फैलिएको छ ।

प्रारम्भिक अनुसन्धानमा मंगल ग्रहको धरातलमा पानीको सम्भावना देखिएको थियो । तर, यसपटक प्रमाण नै फेला पारिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

नासास्थित क्यूरियोसिटी रोवरले जुन ताल पत्ता लगाएको थियो, त्यसले के पुष्टि गरेको छ भने विगतमा मंगल ग्रहको सतहमा पानी थियो । यद्यपि, क्षीण वायुमन्डलका कारण मंगल ग्रहको जलवायु निकै चिसो भएको छ । परिणामस्वरुप त्यहाँ पानी जमेर बर्फ बनेको छ ।