काँग्रेस, डा. केसी र प्रसाई प्रति युवा संघ अध्यक्षको कडा अभिव्यक्ति

Avatar photo
Dhadingpost
बुधबार, साउन ९, २०७५

धादिङ, सिद्धलेक साउन ९ । युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले धादिङ आएर काँग्रेस, डा गोविन्द केसी र दुर्गा प्रसाईं प्रति कडा अभिव्यक्ति दिएका छन् ।

धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत कुम्पुर परेवाटारमा युवा संघ र वाइएलको संयुक्त आयोजनामा भएको धान रोपाई कार्यक्रम उद्घाटन गर्दै मन्त्रीले त राजीनामा दिएर नैतिकता प्रदर्शन गरे अब नेपाली चेलीको अस्मितामा आँचआउने अभिव्यक्ति दिएकोले प्रसाईलाई तत्काल कार्वाही गर्न आग्रह गरेका हुन् ।

उनले डा गोविन्द केसीको माग जायज होलान तर आन्दोलनको तरिका गलत भएको बताए । सेनाको चिफ, प्रहरीको चिप अन्य सरकारी जागीर खाने प्रमुखहरुले अनशन बसे स्थिति के होला ? सरकारी तलव खाने अनि काम नै बन्द गरेर अनशन बस्न पाईन्छ ? केसीलाई प्रश्न गरेका थिए ।

काँक्रो चोर काँग्रेसले काँक्रोको विया अरुको निधारमा लगाई दिएर चोर अर्को हो भनि रहेको छ मुलुक दुर्गति तर्फ काँग्रेसले नै अगाडी बढाएको हो कम्युनिष्टलाई बदनाम गराउने उसका हरेक गतिविधिमा कुनै तुक नभएको समेत अध्यक्ष पौडेलले बताए ।

अडियो सुन्न तलको प्ले बक्समा देखिएको  Listen in browser मा क्लिक गर्नु होला

युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त आयोजनामा असार १५ गते उद्घाटन गरि सुरुगरिएको तीन दिने जनश्रममा युवा अभियान धादिङको परेवाटारमा साउन ९ गते बुधवार धान रोपाई गरेर समापन भएको छ ।