वीरगञ्ज, साउन ९ । जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्तीकरणी मुद्दामा ८ वर्ष सजाय फैसला भएर फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
चन्द्रेश्वरलाई ०७३ भदौ १५ गते बारा जिल्ला अदालतले जबरजस्तीकरणी मुद्दामा ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
प्रजापतिलाई साउन ८ गते अदालतमा हाजिर गराइ अदालतको आदेशमा वीरगञ्ज कारागार चलान गरिएको प्रवक्ता राठौरले बताए ।
अदालतबाट सजाय भएपछि फरार रहेका प्रजापतिलाई साउन ७ गते गाउँघरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।
