सवारी दुर्घटनामा परी एकको मृत्यु, तिन घाइते

Avatar photo
Dhadingpost
साउन ९, २०७५

भक्तपुर, साउन ९ । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका राउतको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार रमेशराजका छोरा १८ वर्षीय रवीन राउतको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको छ ।

सोही समयमा एकै दिशाबाट आइरहेको बा ४६ प १५५२ नम्बरको मोटरसाइकलले दुर्घटनाग्रस्त कारलाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप खाँडादेवीका ३१ वर्षीय विष्णुबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रामेछाप घर भएका ३३ वर्षीय राजन श्रेष्ठसमेत घाइते भएका छन् । घाइते दुवैको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।