सरुवा भएका कर्मचारीलाई सम्बपन्धित ठाउँबाट नै तलब पठाउने

Avatar photo
Dhadingpost
साउन ९, २०७५

काठमाडौं, साउन ९ । कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्ला नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै तलब पठाउने भएको छ ।

कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको हो ।

सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै तलब पठाउने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारीसमेत केही दिनभित्र केन्द्र नै फर्किने गरेकोले सम्बन्धित ठाउँबाटै तलब पठाउन थालिएको हो ।