काठमाडौं, साउन ९ । १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । चार प्रदेशको निर्वाचन पनि आजै हुनेछ ।
पाकिस्तानीपूर्व क्रिकेट स्टार इमरानखानको पार्टी पाकिस्तान तेहेरिक ए ईन्साफ पीटीआई पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी भन्दा बलियो देखिएको चुनावी विश्लेषण गरिएको छ ।
मतदान प्रक्रिया स्थानीय समयानुसार बिहान ८ बजे सुरु भएको छ । समग्रममा कम्तिमा ५ प्रतिशत मत ल्याउने पार्टीबीच ७० महिला र अल्प संख्यकको सिट बाँडिने छ । सन् २०१३ मा भएको निर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज सरिफको पीटीपीएमएलएन ले ५५ प्रतिशतमतले जितेको थियो । सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि दोश्रो पटक निर्वाचित सरकारले अर्को निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नेछ ।
