वीरगञ्ज, साउन ८ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनवर्षमा धान कुट्ने मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको छ ।
स्थानीय बुरदिन मियाँ अन्सारीले सञ्चालन गरेको बर्कत राइस मिलमा धान कुट्ने क्रममा मियाँकै छोरा ३५ वर्षीय मोजिबुर रहमानको मृत्यु भएको हो ।
धान कुट्ने क्रममा राति साढे ११ बजेतिर मोजिबुर मिलको फित्तामा अल्झेर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी सत्य नारायण थापाले जानकारी दिए ।
