स्पिड रेमिटको सेवा अब मोबाइलबाटै लिन सकिने

Avatar photo
Dhadingpost
साउन ८, २०७५

काठमाडौं, साउन ८ । जापानबाट अन्तराष्ट्रिय रेमिट्यान्स सेवा प्रदान गर्दै आएको स्पिड मनि ट्रान्सफरले मोबाईल एप्लिकेसन सुरू गरेको छ ।

एप्लिकेसनबाट तपाईले पठाएको रकमबारे सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ भने सिटी अफिस लगायतका कार्यलयमा आवश्यक पर्दा रेमिट्यान्स गरिएको रेकर्ड आफै डाउनलोड गरि प्रिन्ट गर्न सकिने छ ।

स्पिड मनि ट्रान्सफरले २०१२ देखि जेनिथ रेमिट मार्फत नेपालमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको कम्पनी हो । एप्लिकेसन डाउनलोड गर्न एपस्टोर तथा प्लेस्टोरमा गएर स्पिड जापान टाईप गरि सर्च गर्नुहोस् ।

पछिल्लो समय अनलाईन सेवा प्रभावकारी, छिटो, छरितो र भरपर्दो हुँदै गएसंगै आफ्ना सेवाग्राहीलाई झन्झट मुक्त सेवा प्रदान गर्ने उद्देश्य सहित स्पिड मनि ट्रान्सफरले मोबाईल एप्लिकेसन सुरू गरेको जेनिथ रेमिटको मार्केटिंग डाईरेक्टर नविन निउरेले जानकारी दिनुभयो ।

निउरेका अनुसार मोबाईल एप्लिकेसन प्रयोग गरि पैसा पठाउनको लागि पुराना सदस्यहरूले आफ्नो ईमेल ठेगाना जेनिथ रेमिटको कार्यलयमा पठाउनु पर्नेछ, नयॉं सेवाग्राही सदस्यहरूले भने अनलाईन आवेदन भर्नुपर्ने हुन्छ ।

जापानको ब्यस्त समयलाई ब्यवस्थापन गरि रेमिट्यान्स गर्न कार्यलयसम्म धाउनु पर्ने तथा रकम खातामा डिपोजिट गरेपश्चात कार्यलयमा फोन गरि जानकारी गराउनु पर्ने जस्ता ग्राहकहरूको समस्यालाई मध्यनजर गर्दै मोबाईल एप्लिकेसन सुरू गरिएको जेनिथ रेमिटको जापान प्रमुख दिलु खत्रीले बताउनुभयो ।