काठमाडौं, साउन ७ । नेपाल प्रहरीमा साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसारका घटना अनुसन्धान गर्न बेग्लै ब्यूरो बन्ने भएको छ ।
संसारका कुनै पनि कुनाबाट अपराध हुनसक्छ । दुवै व्युरोले अनुसन्धानको दायरा विश्वभर पुर्याउन सक्नेछन् ।
साइबर क्राइम व्यूरो (सीसीबी) र ह्यूमन ट्राफिकिङ व्यूरो (एचटीबीं) गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ र दुवै व्यूरो केही साताभित्रै गठन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
