टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएपछि स्थानिएले गरे टिपरमा आगजनी

Avatar photo
Dhadingpost
साउन ७, २०७५

काठमाडौं, साउन ७ । काभ्रेको बनेपामा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएपछि स्थानीयले टिपरमा आगो लगाएको छ ।

मोटरसाईकल चालकको मृत्यु भएपछि आक्रोसित स्थानीयले टिपरमा आगो लगाएका छन्। ठक्कर दिने ट्रिपर चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकलका चालकको ज्यान गएको हो। मृतकको सनाखत भने हुन सकेको छैन।