बस दुर्घटना हुदाँ २० जना घाईते

Avatar photo
Dhadingpost
साउन ७, २०७५

हेटौँडा, साउन ७ । नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा सोमबार दुर्घटना हुदाँ २० जना घाईते भएको छ ।

ना ५ ख ३७०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ११ को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बस चालक चन्द्रनिगाहपुर–११ का ३५ वर्षीय कुश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।