पति पारसका लागि साउने ब्रतमा हिमानी

Avatar photo
Dhadingpost
साउन ७, २०७५

काठमाडौं, साउन ७ । आज साउनको पहिलो हप्ता सोम्बार युवराज्ञी हिमानी शाह पनि आफ्ना पति पूर्व युवराज पारस शाहको दीर्घायुको कामनासहित साउने ब्रतमा छिन् ।

पूर्व युवराज्ञी हिमानी शाहले सोमबार विहान आफ्ना छोराछोरीसहित पशुपति मन्दिरमा पूजाआजा गरेकी छन् ।

साउनको पहिलो सोमबार आज पशुपति मन्दिरसहित देशैभरीका शिव मन्दिरहरुमा महिला र युवतीहरुको घुइँचो लागेको छ । साउनको सोमबार व्रत बसे मनोकामना पूरा हुने धार्मिक मान्यता छ । महिला र युवतीहरुले साउनको सोमबार महादेवको पूजा आराधना गरी ब्रत बस्ने प्रचलन छ । विवाहिताले पतिको दीर्घायुको कामना गर्ने र अविवाहिता नारीले असल श्रीमान पाऊँ भनि कामना गर्ने पर्वको रुपमा समेत साउने ब्रतलाई लिइने गरेको छ ।

साउनको पहिलो सोमबार पूजाअर्चना गर्न उनी छोरा हृदयन्द्र र छोरी पूर्णिकाको साथमा पशुपति आएकी हुन् । विहान सवा नौ बजे पशुपति पुगेकी हिमानीले झण्डै आधा घण्टा मन्दिरमा पूजाअर्चनामा बिताइन् । आफ्ना पति पारस शाहसँग विगतमा बिग्रिएको सम्बन्ध सुमधुर बन्दै गएको चर्चा चलिरहेका बेला हिमानीको यो साउने ब्रतलाई निकै चासोका साथ हेरिएको छ ।