काठमाडौं,साउन ३ । आज विहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले पानी पर्न रोकिएकाले छोटो समयमा नै सडकको अवरोध हटाएर सञ्चालनमा ल्याइएको जनाएको छ । सडक सञ्चालनमा आएसँगै लामो समय जाममा फसेका सवारीहरु गन्तव्यतर्फ लम्केका छन् । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण यो सडकखण्डमा पहिरो जाने र भासिने समस्या देखिँदै आएको छ ।
अवरुद्ध नारायणगढ – मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । त्यसको ५ घन्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
