पहिरोले एक घर पुरिंदा ४ जना घाइते

Avatar photo
Dhadingpost
साउन ३, २०७५

नुवाकोट,साउन ३ । अविरल वर्षाका कारण हिजो राति नुवाकोटको सुर्यगढी गाउँपालिका–३, चोगतेमा पहिरोले एक घर पुरिंदा ४ जना घाइते भएको छ ।

घाइते हुनेमा घरधनी नवराज श्रेष्ठ, उनकी श्रीमती, छोरा र छोरी रहेको प्रहरी प्रमुख कुँवरले जानकारी दिए ।
घाइतेहरुको अहिले नुवाकोटको विदुरमा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पहिरोले घर पुरिँदा १३ वटा बाख्रा र ३५ वटा कुखुरासहित करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी प्रमुख कुँवरका अनुसार श्रेष्ठको घरमा किराना पसल रहेको र कति मात्रामा क्षति भयो भन्ने यकिन भइसकेको छैन ।