काठमाडौं,साउन ३ । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाएको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन् ।
डा. केसीलाई लिन डा. गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको पनि उनले बताए । शिक्षमन्त्री पोखरेलका अनुसार डा. केसीलाई काठमाडौं ल्याएपछि सुरुवा त्रिवी शिक्षण अस्पतालमा राखिने भएको छ ।
केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो ।
