दाङ, साउन ३ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा आगलागी भएको छ ।
आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झण्डै रु नौ लाखको क्षति भएको सञ्चालक कमलापुरी बताए ।
