मानव ओसारपसामा संलग्न २७ वर्षीय तामाङलाई पक्राउ

Avatar photo
Dhadingpost
साउन २, २०७५

काठमाडौं, असार २ । वैदेशिक रोजगारमा लैजाने भन्दै विभिन्न प्रलोभनमा पारी मानव ओसारपसार कार्यमा संलग्न २७ वर्षीय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक पा“चपोखरी गाउँपालिका– १ का २७ वर्षीय सुनिलकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौंको गोकर्णेश्वर बस्ने तामाङलाई काठमाडौं शंकरापुर नगरपालिका–६ बाट प्रहरीले पक्राउ गरेको हो ।

तामाङले आकर्षक तलब हुने भन्दै एक महिलालाई संयुक्त अरब इमिरेट्सको दुबई हुँदै ओमन पु¥याएका थिए । त्यहाँ शारीरिक तथा मानसिक यातना दिई २१ महिनासम्म घरेलु कामदारको रूपमा राखी चरम यातना पाइरहेको अवस्थामा नेपाली दूताबासको सहयोगमा पीडित महिलालाई नेपाल फिर्ता गराइएको थियो । उक्त घटनामा संलग्न तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

सोही घटनामा संलग्न मकवानपुर हेटौँडा घर भई ललितपुर सातदोबाटो बस्ने ५३ वर्षीय राजेन्द्र बानियाँ २९ जेठ ०७४ पक्राउ परीसकेका छन् । पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसार पसार मुद्धामा मंगलबार जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।