पर्वत,साउन २ । मंगलबार रातिको अविरल वर्षापछि पहिरोले घर पुरिँदा पर्वतमा एक जनाको मृत्यु भएको छ भने तिन जना गम्भीर घाइते भएका छन् ।
त्यसैगरी, जलजला–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलार्इ उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारको मृत्यु भएको हो । १ तल्ले कच्ची घरमा पुरिएर उनको मृत्यु भएको हो ।
हराएका ५ जना भने सम्पर्कमा आएका पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । पहिरोले उक्त गाउँका १६ घर जोखिममा परेका छन् ।