
काठमाडौ श्रावण १ । स्थानीय चुनावमा तत्कालिन माओवादी केन्द्रबाट चुनाव जितेका झंकर साउदलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
जनयुद्ध लडेका अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै चार जनाबाट चार लाख रुपैयाँ ठगि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
अध्यक्ष साउदले मकाउ पठाइदिने भन्दै तीन वर्ष पहिले चारजना युवाबाट एक–एक लाखका दरले चार लाख रुपैयाँ ठगि गरेको भन्दै पीडितले जिल्ला प्रशासन काठमाडौंमा उजुरी थिएका थिए ।
पीडित पूर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्र बहादुर चन्द, विष्णु क्षेत्रीबाट एकएक लाख रुपैयाँ र पासपोर्ट लगेका थिए ।
पटकपटकको प्रयास पछि साउदले ३ चरणमा गरि एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि प्रहरीमा उजुरी दिएको खड्काले बताए । साउदले ठगि गरेको रुपैयाँ दिनुको साटो उल्टै प्रहरी लगाएर थुनाउने धम्की दिने थालेपछि आफूहरु उजुरी दिन बाध्य भएको पीडितहरु बताउँछन् ।
