दाङ, असार ३२ । जिल्ला शिक्षा समन्वय इकाइको सिफारिशको आधारमा मन्त्रालयले उत्कृष्ट विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।
मन्त्रालयका सचिव पुष्करराज पन्थले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन प्रोत्साहनस्वरुप नगद पुरस्कार प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा पुरस्कृत विद्यालयका प्रधानाध्यापकले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरीकन काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक विद्यालयलाई आज प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।
जिल्ला शिक्षा समन्वय इकाइको सिफारिशको आधारमा मन्त्रालयले आन्तरिक मूल्यांकन गरी प्रदेशभरिका उत्कृष्ट १२ विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।
रुपन्देहीको कालिका नमूना मावि, नवलपरासीको वाग्वाणी मावि, पाल्पाको दमकडा मावि, गुल्मीको महेन्द्र मावि, अर्घाखाँचीको आदर्श मावि, दाङको पद्मोदय नमूना मावि, बाँकेको ज्ञानोदय मावि, बर्दियाको नेपाल राष्ट्रिय मावि, पूर्वी रुकुमको रुक्मिनि मावि, रोल्पाको बालकल्याण मावि, प्यूठानको माण्डवी मावि र कपिलवस्तुको जनता मावि उत्कृष्ट विद्यालय घोषित भएका छन् ।
मन्त्रालयले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक दरबन्दी, नगद अनुदान र क्षमता अभिवृद्धि तालीमका लागि बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले गुणस्तरमा ध्यान दिन विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई निर्देशन दिनुभयो ।
