सुन तस्करीका नाइके गोरेले जेलमै मागे सेनाको सुरक्षा

Avatar photo
Dhadingpost
असार ३२, २०७५

काठमाडौं, असार ३२ । साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् ।

प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ ।

सुन तस्करीमा प्रहरी समेत मुछिएकाले प्रहरीले दिने सुरक्षामाथि शंका गर्दै उनले सेनाको सुरक्षमा मागेको कारागार स्रोतले जनाएको छ ।

‘सुरक्षामामा खटिएका प्रहरीलाई टोलाएर हेर्छ। कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ। केही दिनअघि आफुलाई सेनाको सुरक्षा हुनुपर्ने माग गर्‍यो,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने, ‘उसले किन यस्तो भनिरहेको छ, थाहा भएन।’