एउटै गाउँमा १२ क्वीन्टल ४ केजी शंखेकिरा संकलन

Avatar photo
Dhadingpost
असार ३१, २०७५

सल्यान, असार ३१ । जिल्लाको शारदा नगरपालिका ६ बरलामा एउटै गाउँमा १२ क्वीन्टल ४ केजी शंखेकिरा संकलन गरिएको छ ।

उक्त ठुलो शंखेकिरा नेपालमा पहिले नभएको तर पछिल्लो समय विभिन्न खानेपानीका योजना अनुसार ठुला पाइपहरु विदेशबाट भित्र्याउदा पाइप भित्र किरा पसेर आएको हुन सक्ने घिमीरेले बताए । यो किराले भोलिका दिनमा ठुलो क्षेती गर्ने भएकाले यसलाई समयमै नस्ट गर्नुपर्ने उनले बताए । चिसो समयमा शंखेकिरा जमिनमुनि लुक्ने र गर्मी याममा बाहिर निस्कने उनले बताए ।

जाईन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारी बाली, धानबाली, मकैँबाली आदिमा क्षती पु¥याउन थाले पछि स्थानिय सरकारको पहलमा बरलाको करिब २० देखि २५ हेक्टरमा रहेको शंखेकिरा नियन्त्रण गर्न शुरु गरिएको हो ।

तरकारीको पकेट क्षेत्र समेत मानिने बरलाका किसान भिम बहादुर बुढाथोकीले बर्षीक ७ लाखसम्म आम्दानी गर्ने बताए । उनले सबै तरकारीको लागि प्रकोप मानिने शंखेकिरा भएको बताए । त्यस्तै टमाटरको लागि टुटा अपसुलुटा नामक किराले पनि सताउने गरेको उनले बताएका छन् । यो किरा मार्नको लागि धेरै गार्हो भएको पनि उनले बताए ।

आयोडिन नुनले नै उक्त किरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृर्षी विकास कार्यालय सल्यानका बरिष्ठ कृर्षी विकास अधिकृत अम्मर राज घिमीरेले बताए । उनले भने९ “शंखेकिरा मार्न हामीले अनेकौ प्रयास गरिउ तर सकिएन, यसको एउटै उपाय भनेको किरा समातेर संकलन गर्ने त्यसपछि नुन छर्केर मार्ने हो ।”