बुटवल, असार २८ । बुटवलबाट पोखरा जाँदै गरेको बस एकाविहानै पाल्पाको भालेवासमा दुर्घटना हुँदा दुई यात्रु घाइते भएको छ ।
विहीबार विहान पौने सात बजेतिर उक्त दुर्घटना भएको बताइएको छ ।
घाइतेहरुको उद्दार गरी प्रवास मेडिकल कलेज लगिँदै प्रहरीले जनाएको छ ।
लु १ ख ७२७२ नम्बरको उक्त बस सडकबाट १५ मिटर तल खोल्सामा खसेर दुर्घटना भएको छ । ट्राफाकि प्रहरी पाल्पाका अनुसार दुई यात्रु घाइते भएका छन् ।
