चितवन, असार २६ । मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा रात्रि यात्रामा रहेका यात्रुहरु बीच बाटोमा नै रोकिएका छन् । जतिसक्दो छिटो सडक खुलाएर ति यात्रुहरुलाई पठाउने काम गर्ने एसपी राठौरको भनाइ छ ।
सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या भएको उनले बताए । ‘पानी केही कम हुनासाथ पहिरो हटाउन थाल्छौं, प्रहरी, उपकरण र आयोजनाका कामदारहरु सो स्थानमा पुगिसकेका छन्,’ एसपी राठौरले भने, ‘पहिरो हटाएर सडक सञ्चालन गर्न ११–१२ बज्छ होला ।’
घुमाउनेको अलवा जलविरे, तोपेखोला लगायतका केही स्थानमा पनि साना–साना पहिरो खसेर सडकमा थुप्रिएको छ । त्यसलाई समेत हटाउने काम भैरहेको एसपी राठौरले जानकारी दिए ।
