राजपाको संसदीय दलको बैठक बस्दै

Avatar photo
Dhadingpost
असार २५, २०७५

काठमाडौं, असार २५ । राष्ट्रिय जनता पार्टी केन्द्रिय कार्यालयमा बस्ने बैठकमा संसदीय दलको नेता छनोट गर्ने तयारी छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्रीलाई भेटेर संशोधन कहिले गर्ने, गर्ने कि नगर्ने भन्ने विषयमा ठोस धारणा मागिने जानकारी दिनुभयो ।

पार्टीको बैठकमा अन्य विषयसँगै संशोधनका विषयमा पनि छलफल चलिरहेकाले सरकारले संशोधनमा ढिलाई गररिरहेका बारे पनि छलफल हुनेछ ।

संघीय संसदको तेस्रो ठूलो दल राजपा नेपालले अहिले सम्म पनि दलका नेता लगायतका पदाधिकारी छनोट गर्न असफल रहेको छ ।

आाजको बैठकमा पार्टी एवं संसदीय दलको विधान, महाधिवेशन तयारी लगायतका विषयमा अन्तिम टुंगो लगाउनेबारे पनि छलफल हुनेछ । उक्त विषयमा टुंगो लगाउन पार्टीको राजनीतिक समितिको बैठकले अध्यक्ष मण्डललाई जिम्मा दिएको थियो ।

यस्तै राजपाले आज प्रधानमन्त्री केपि शर्मा ओली सँग पनि भेटवार्ता गदै छ । सरकारलाई समर्थन गरेको राजपा नेपालले ओलीसँगको भेटमा संविधान संशोधनका विषयमा छलफल गर्ने तयारी गरेको छ ।

राजपाले संविधान संशोधन गर्न सरकारलाई दबाब दिदै आइरहेका बेला प्रधानमन्त्री ओलीसँग सोही विषयमा भेटवार्ता गर्न लागको हो ।