ढुंगाले लागेर छात्राको मृत्यु

Avatar photo
Dhadingpost
असार २५, २०७५

दार्चुला, असार २५। शैल्यशिखर नगरपालिका– २ का कासी भट्टकी १७ वर्षिया छोरी माधवी भट्टको ढुंगाले लागेर सोमबार बिहान मृत्यु भएको छ ।

दार्चुलामा विद्यालय जाँदै गरेकी एक छात्रालाई ढुंगा लागेर मृत्यु भएको छ ।

विद्यालय जाने क्रममा आज बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको ढुंगा भट्टको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक भट्ट सत्य प्रकाश माध्यमिक विद्यालय, देथलामा कक्षा ९ मा अध्ययनरत थिइन् ।