डा. गोविन्द केसी नौ दिनदेखि जुम्लामा अनशन

Avatar photo
Dhadingpost
असार २५, २०७५

जुम्ला, असार २५ । नौ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले सरकारले आफ्नो मागप्रति कुनै चासो नदेखाएको बताएका छ ।

माथेमा आयोगको प्रतिवेदनलाई सरकारले लत्याएको बताउँदै डा. केसीले आफ्ना मागप्रति सरकार सकारात्मक नभएसम्म अनशन फिर्ता नलिने उल्लेख गरे ।

‘मेरो मृत्युले सरकारलाई सन्तुष्टि मिल्छ भने बरु कर्णालीमै मर्न तयार छु,’ शुभचिन्चतकहरूसँग कुराकानी गर्दै उनले भने, ‘तर अन्तिम सास रहुन्जेल अनशन जारी रहन्छ ।’