सप्तरी, असार २० । डाक्टरको लापरबाहीले सप्तरीमा १५ वर्षीय छोरा बलराम मुखियाको सोमबार राति ज्यान गएको छ ।
सप्तरीका एसपी मुकेशकुमार सिंहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै साह फरार रहेकाले उनको खोजी भइरहेको बताए।
तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका रामचन्द्र मुखियाका १५ वर्षीय छोरा बलराम मुखियाको सोमबार राति मृत्यु भएको हो।
‘लापरवाही र गलत औषधिका कारण बालकको मृत्यु भएको हो, उनले आँसुु झार्दैै भने, ‘उसलाई कडा कारबाही गर्नुपर्छ।’ रामचन्द्र भने दुई वर्षदेखि साउदी अरबमा छन्। हनुमाननगर स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदमा कार्यरत साहले दुई वर्षअघि अवकाश पाएपछि गाउँमा स्वास्थ्योपचारको काम गर्दै आएको जनाइएको छ । सप्तरीमा थुप्रै झोले डाक्टर भए पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयको भनाइ छ।
उनी तिलाठी कोइलाडीस्थित पब्लिक माविमा कक्षा ९ मा अध्ययनरत थिए।सामान्य ज्वरो लागेका बलरामलाई सकरपुराका ५५ वर्षीय श्यामसुन्दर साहले सुई लगाइदिएपछि ज्यान गएको परिवारका सदस्यले बताएका छन्। दुईवटा सुई लगाएपछि बालकको शरीर तीलो भएको र मुखबाट फिँज निक्लिएर मृत्यु भएको मृतकका काका ओमप्रकाश मुखियाले बताए।बलरामकी आमाले घरमा अरू नभएपछि साहसँग उपचार गराएको र साहले दुईवटा सुई लगाएपछि बालकको मृत्यु भएको अर्का काका उपेन्द्र मुखियाले बताए।
