उदयपुरमा वेवारीसे अवस्थामा एक नवजात शिशुको शव फेला

Avatar photo
Dhadingpost
असार २०, २०७५

उदयपुर, असार २० । उदयपुरको चौडण्डिगढी नगरपालिका – ६ बेल्टार बजार नजिकै द्धाराखोला पुलमा बिहान एक नवजात शिशुको शव फेला परेको छ ।

शिशुको शवको अवस्था हेर्दा अवैध रुपमा गर्भपतन गरेर फालिएको हुन सक्ने प्रहरी निरिक्षक पौडेलले बताए । पौडेलका अनुसार बालकको सालनाल काटदाँ प्रयोग गरिएको मेडिकल धागो नाभीमा भेटिएको छ । नाभीमा धागो भेटिएकोले अवैध रुपमा गर्भपतन गराएर बालकको शव खोलामा लगेर फालेको हुन सक्ने प्रहरी निरिक्षक पौडेलले बताएका छन् ।

पुलको मुनिको पानीमा बेवारीसे शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक गंगा पौडेलले बताए । सालनाल काटिएको अवस्थामा अन्दाजी नौ महिनाको बालकको शव खोलाको पानीमा भेटिएको प्रहरीले जनाएको छ ।

बालकको शव बेल्टार प्राथमिक स्वास्थ्य केन्दमा राखिएको छ । भने आवश्यक अनुसन्धान सूरु गरिएको प्रहरीले जनाएको छ ।