काडमाडौ, असार २० । नागबेली लघुवित्तको एक बराबर एक प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
हकप्रद निश्कासन प्रयोजनका लाागि भोलिदेखि बुकक्लोज हुने भएकाले आज दिनभर शेयर खरिद गर्नेहरु हकप्रदका लाागि योग्य हुने छन् ।
साउन ४ गतेदेखि हकप्रदको विक्री खुला गर्न लागेको नागबेली लघुवित्तको हकप्रद विक्री प्रबन्धकमा एनएममबी क्यापिटल रहेको छ । चुक्ता पूंजीको शत् प्रतिशत अर्थात ७ लाख ६६ हजार ३६५ कित्ता हकप्रद विक्रीपछि सो कम्पनीको चुक्ता पूंजी १५ करोड ३२ लाख पुग्ने छ ।
चालु आर्थिक वर्षको त्रैमासिक रिपोर्ट अनुसाार नागबेलीले १ करोड ८३ लाख रुपैयाँँ खुद नाफा गरेको छ भने पछिल्लो कारोबार अनुसार प्रति कित्ता शेयर मूल्य २३ सय ९० रुपैयााँ रहेको छ ।
