धादिङ असार २० । धादिङबेसीमा करेन्ट लागेर बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।
धादिङबेसी सदरमुकाम स्थित नीलकण्ठ नगरपालिका –३, बस्ने ५० वर्षीय अर्जुनकुमार श्रेष्ठको करेन्ट लागेर मृत्युभएको प्रहरीले जनाएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित रायटारमा आफ्नै निर्माणाधिन घरमा पानी लगाउने क्रममा श्रेष्ठलाई करेन्ट लाग्दा घटना स्थलमै मृत्यूभएको हो ।
श्रेष्ठ सानिमा बैकमा कार्यरत कर्मचारी हुन् ।
