सल्यानमा दुर्घटना हुँदा एकजनाको मृत्यु

Avatar photo
Dhadingpost
असार १९, २०७५

सल्यान, असार १९ । सल्यानमा तरकारी बोकेको पिकप गाडी सोमबार राति करीब १० बजे दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोे छ ।

मृतक डाँगीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ भने घाइते चौधरीको अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको प्रहरीको भनाइ छ । गाडी सडकदेखि करीब १०० मिटर तल खसेको छ । गाडी के कारणले पल्टियो त्यसबारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख ७६४५ नम्बरको पिकप कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करीब १० बजे भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर दाङ जिल्ला घर भएका गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।