पुल भाँसिएपछि सडकखण्ड अवरुद्ध

Avatar photo
Dhadingpost
असार १८, २०७५

चितवन, असार १८ । गएराति देखिको अविरल वर्षा र बाढीको कारणले चितवनको माडी–ठोरी रौतनी खोलाको पुल भाँसिएपछि सडकखण्ड अवरुद्ध बनेको छ ।

माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

माडीमा अधिक ठाडो खोलाहरु रहेका छन् । वर्षाले अधिकांश खोलाको पानीको बहाव बढेको छ । खोलामा पुल नभएकाले आवातजावत प्रभावित भएको छ ।

बाढी र डुवानका कारण जिल्ला सदरमुकामसँग माडीको यातायात सम्पर्क विच्छेद भएको छ । यो क्षेत्र बर्सेनि बाढीको चपेटामा पर्ने गरेको छ । गतवर्ष पनि माडीमा बाढीले ठूलै जनधनको क्षति भएको थियो ।