नेपाली सेनाको ‘शम्सेर दल गण’ को हाताभित्रै बेवारिशे शव

Avatar photo
Dhadingpost
असार १५, २०७५

काठमाडौं, असार १५ । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित फुलबारी गेट नजिकै नेपाली सेनाको शमशेर दल गणको हाताभित्र रहेको पर्खाल छेउमा वेवारिसे शव फेला परेको छ ।

करिब दश दिन अघिदेखि वेवारिसे रुपमा फालिएको उक्त शवको अनुहारबाट मान्छे चिन्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ । महाशाखाले शव पहिचान हुन नसक्दा अनुसन्धानमा बाधा परेको भन्दै कपडा, वेल्ट तथा पर्समा भएको भारतिय एक रुपैयाँको सिक्का फेला परेको हुलिया सहित कसैको परिवार वा आफन्त हराएको भएमा प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

अन्दाजी फिट ६ इन्च उचाई, कालो रंगको फुल बाहुला भएको टिसर्ट, भित्रपट्टी सेटो भेस्ट लगाएका उक्त पुरुष ब्यक्ति हराएको भएमा महाशाखाको मोवाईल नम्बर ९८५१२२८०३१ वा हटलाईन ११७७ मा खबर गर्न महानगरीय अपराध महाशाखाले सूचना जारी गरेको छ ।

बुधवार विहान साँढे १० बजेतिर गस्तीमा निस्किएका सेनाका अधिकारीहरुले दुगन्ध महसुस गरेपछि हेर्दा शव फेला परेको थियो ।

शिवपुरी राष्ट्रिय निकुञ्ज शुरक्षार्थ खटिएका सैन्य अधिकारीले खबर गरेपछी घट्नास्थल पुगेको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त शव पोष्मार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको बताइएको छ ।